दशैं छेको पारेर दशरथ रंगशालमा कन्सर्ट हुँदै

काठमाडाैं | भदौ २१, २०७९

दशैं छेको पारेर दशरथ रंगशालमा कन्सर्ट हुँदै

काठमाडौं   :  १० वर्षपछि दशरथ रंगशालामा  सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । दशैं छेको पारेर असोज १५ गते दी एज ब्याण्ड, नितेशजंग कुँवर दर्जन कलाकारले कन्सर्ट गर्ने भएका हुन् ।

 

काठमाडौंमा पत्रकार सम्मेलन गरेर १० वर्षपछि दशरथ रंगशालमा सांगीतिक कार्यक्रम हुुने जानकारी दिएको हो । कन्सर्टमा वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुबानी मोक्तान र दी इलेमेन्ट्स ब्यान्डले प्रस्तुति दिने भएका छन् ।

 

कन्सर्टले सहरी युवावर्गमा बडादशैंको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साथै, कोरोना महामारीले थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ ।

 

दशैं महोत्सवको टिकटक कन्टेस्टमा भाग लिएर १० जनाले पोखरा रिसोर्ट प्याकेजजस्ता पुरस्कार पाउनेछन् । विगत २० वर्षदेखि कन्सर्ट, सडक महोत्सव गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी समूह, केटीएम लाइभ तथा अप–ट्रेण्डली मिडियाले संयुक्त रूपमा यो सांगीतिक महोत्सवको आयोजना गर्न लागेका हुन् ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्